युएईमाथि नेपालको उत्कृष्ट जित

काठमाडाैं | कात्तिक ३०, २०७९

युएईमाथि नेपालको उत्कृष्ट जित

काठमाडौं: मध्यक्रमले संहालिएको ब्याटिङ गरेपछि नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा युएईमाथि ३ विकेटको जित रचेको छ ।


यो जितसँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी गरेको छ । शुक्रबार हुने निर्णायक खेलले शृंखलाको विजेता टुंगो लगाउनेछ । यसअघि सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो ।


त्रिवि मैदान कीर्तिपुरमा युएईले दिएको १९२ रनको लक्ष्य ७ विकेट गुमाएर भेट्टाउँदा मध्यक्रमका कुशल भुर्तेल, गुल्सन झा र आरिफ शेखले संहालिएर ब्याटिङ गरे । ४७.५ ओभरमा सोमपाल कामीले चौका प्रहार गरी नेपाललाई महत्वपूर्ण जित दिलाएका हुन् ।


थोरै लक्ष्य पछ्याएको नेपालको सुरुवाती तीन विकेट सस्तैमा गुमाउँदा दवावमा परेको थियो । पहिलो खेलमा अर्धशतक बनाएका अर्जुन साउद पहिलो ओभरमै रनको खाता नखोली आउट हुँदा अर्का ओपनर आसिफ शेखले पनि ६ रनमात्र बनाउन सके ।


कप्तान रोहितकुमार पौडेलले लगातार दोस्रो खेलमा रन बनाउन सकेनन् । उनी ८ रनमै युएईका रोहन मुस्तफाबाट एलबीडब्यूको शिकार बने । तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्लले ५९ बलमा ४ चौकासहित २६ रन बनाएर पारी संहाल्ने प्रयास गरेका थिए ।


अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बल चम्काउने नाममा थुकको प्रयोग गर्न नपाउने अभ्यासलाई नियमकै रुपमा मान्यता दिएको छ । तर, युएईका एकजना बलरले थुकको प्रयोग गरी बल चम्काएपछि युएईले ५ रन पेनाल्टी ब्यहोर्नुपरेको थियो । २१ औं ओभरको सुरुवात गर्ने क्रममा यूएईका बलर अलिशान सराफूले बल पुछ्ने क्रममा थुकको प्रयोग गरेका थिए ।


दीपेन्द्र सिंह ऐरीले १३ रन जोडे । २९.१ ओभरमा कुशल भुर्तेल ३५ रनको स्कोरमा आउट हुँदा नेपाल १०६-६ को कठिन स्थितिमा थियो ।


तर, सातौं विकेटका लागि आरिफ शेख र गुल्सन झाले ६२ रनको अर्धशतकीय साझेदारी गरेपछि नेपाले जितको आधार बनाएको छ । गुल्सनले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्बाधिक ३७ रन बनाए । बलिङमा १ विकेटसमेत लिएका गुल्सन प्लेयर अल द म्याचसमेत चुनिए । आरिफ ३३ रनमा अविजित रहे । सोमपाल कामीले पनि १६ बलमा २ चौकासहित अविजित १६ रन बनाए ।


बलिङमा युएईका रोहन मुस्तफाले ३, हजरत विलालले २ तथा बसिल हमिदले १ विकेट लिए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुनुअघि १९१ रनको योगफल खडा गरेको थियो ।


सोमपाल कामी र ललित नारायण राजवंशीले ३–३ विकेट लिएपछि नेपालले युएईलाई सस्तैमा समेट्न सकेको हो ।


युएईका लागि ओपनर मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाए । उनले ४६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । वासिमले वृत्य अरविन्दसँग मिलेर ७२ रनको सुरुवाती साझेदारी गरेका थिए । १२औं ओभरको अन्तिम बललमा दीपेन्द्रसिंह ऐरीले अरविन्दलाई २५ रनको स्कोरमा आउट गरेपछि युएईको विकेट पतन सुरु भएको हो ।


युएईविरुद्ध एकदिवशीय अन्तर्राष्ट्रियमा पहिलोपल्ट बलिङ गरेका कुशल भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय विकेटसमेत लिए । २४औं ओभरको पहिलो बलमा कुशलले युएईका कप्तान सिपी रिजवानलाई २२ रनको स्कोरमा आउट गरेका हुन् ।


युएईका लागि अलिसन सराफुले ३५, विष्णु सुकुमरनले १५ र बसिल हमिदले २४ रन जोडे ।


नेपालका सोमपाल कामी र ललित राजवंशीले समान ३–३ विकेट लिए । सोमपालले ७.२ ओभर बलिङ गर्दै ३५ रन खर्चिए । ललितले १० ओभरमा ४१ रन खर्चिए । करण केसी, गुल्सन झा, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १–१ विकेट लिए ।


सोमबार भएको शृंखलाको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले हराएको थियो ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्